Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युट्युबमार्फत् चरित्र हत्या हुने भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ

काठमाडौं । प्रहरीको साइबर ब्युरोले युटुब च्यानलमार्फत् चरित्र हत्या गर्ने उदेश्यले भ्रामक समाचार फैलाएको आरोपमा एक युटुबर (युटुब संचालक)लाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गुल्मी भनभने -९ घर भइ हाल बुटवल-१३ बस्ने सेलेव नेपाल नामका युटुब संचालक २१ बर्षीय राहुल थापा रहेका छन्।

ब्युरोका अनुसार पक्राउ परेका थापाले आफ्नो युट्युब च्यानलमार्फत् व्यक्तिको चरित्र हत्या गर्ने उदेश्यले भ्रामक समाचार सम्प्रेषण गरेका थिए।

उनीमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077