Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • वैदेशिक रोजगारको बहानामा लाखौं ठगी गर्ने काठमाडौँ चाबहिलका बानियाँ यसरी परे पक्राउ

    वैदेशिक रोजगारको बहानामा लाखौं ठगी गर्ने काठमाडौँ चाबहिलका बानियाँ यसरी परे पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले वैदेशिक रोजगार न्यायाधिकरण इजलासबाट २ बर्ष कैद र दुई लाख जरिवाना ठहर भइ फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौँ चाबहिल बस्ने ४८ बर्षीय संजय बानियाँ रहेका छन् । बानियाँलाई पाँचथर फलैचा-७ घर भइ हाल झापा बस्ने सुकराज बेघाको जाहेरीको आधारमा पक्राउ गरिएको महाशाखाले जनाएको छ।



    महाशाखाका अनुसार बानियाँलाई मिति २०७८ मङ्सिर २७ गतेको फैसलाले विगो र हर्जाना तीस लाख रकम जाहेरवालालाई भराई २ बर्ष कैद र दुई लाख जरीवाना हुने ठहर गरेको थियो।



    अदालतको फैसलापछि फरार रहेका बानियाँलाई महाशाखाबाट खटिएको विषेश टोलीले आइतबार दिउँसो साँढे २ बजे दरबारमार्गबाट पक्राउ गरेको हो।

    उनलाई फैसला कार्यान्वयनको लागि आजै जिल्ला अदालत काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार