Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच फोनवार्ता, नाका खुलाउनेबारे छलफल

    परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच फोनवार्ता, नाका खुलाउनेबारे छलफल

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ। परराष्ट्रमन्त्री नारायण खड्काले चीनसँग उत्तरी नाकामा देखिएको समस्या समाधानका लागि सरकारले चिनियाँ पक्षलाई आग्रह गरेको बताएका छन् ।

    सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा मन्त्री खड्काले उत्तरी नाकालाई पुन: सुरु गराउने विषयमा सरकारले धेरै पहल गरेको बताए।



    ‘चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग एक घण्टा लामो फोनमा छलफल गरेका थियौं, साथै महामहिम राजदूतसँग भेटेर चीनबाट आएको प्रतिनिधिमण्डलसँग पनि हामीले यो कुरा उठाएका छौं’ खड्काले भने, ‘यो कोभिडको कारणबाट हो भन्ने छ । नाका खोल्ने विषयमा उच्च प्राथमिकतामा छ र हाम्रो चीनसँग सुमधुर सम्बन्ध रहेको छ ।’



    मन्त्री खड्काले कोभिड क्रमिक रुपमा कम हुँदै जाँदा नेपालको अनुरोध पूरा हुनेमा आशावादी रहेको पनि बताए । ‘निश्चय रुपमा नाका खोल्नका लागि चाँडोभन्दा चाँडो पहल होला । नाका खोल्ने विषयमा हामी सक्रिय छौं’ खड्काले भने, ‘चीनमा अध्ययन गर्ने विद्यार्थी फर्काउने विषयमा पनि हाम्रो प्रयास छ ।’

    यस्तै, मन्त्री खड्काले युक्रेनमाथि रुसले आक्रमण गर्दा विश्व शान्ति खल्बलिने सम्भावना बढेकोले नेपाल युक्रेनको पक्षमा उभिनु परेको स्पष्ट पारे । ‘विश्व शान्ति खल्बलाउने, ठूला र साना देशको सम्बन्धलाई खल्बलाउने भएको कारण युक्रेनको पक्षमा उभिएका हौं, ‘ मन्त्री खड्काले भने।

    कार्यक्रममा मन्त्री खड्काले ५३३ जना नेपालीलाई युक्रेनबाट अन्य मुलुकमा पठाएको जानकारी समेत दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार