Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • चीनले फेरी बन्द गर्‍यो व्यापार नाका

    चीनले फेरी बन्द गर्‍यो व्यापार नाका

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 438
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाललाई कुनै सूचना नदिई चिनियाँ पक्षले एक पक्षीय रूपमा दुई व्यापारिक नाका बन्द गरेको छ । चीनतर्फ नयाँ वर्षसँगै अन्य चाडपर्व सुरु भएको बहाना बनाउँदै केरुङ र तातोपानी नाका बन्द गरिएको हो ।

    अन्तर्राष्ट्रिय व्यापारमा नाका बन्द गर्दा सम्बन्धित पक्षलाई पूर्वजानकारी दिनुपर्ने मान्यता छ। तर चिनियाँ अधिकारीले नेपाली पक्षलाई औपचारिक रूपमा कुनै जानकारी नदिई केरुङ र तातोपानी नाकाबाट आयात(निर्यात रोकेको हो। नाका बन्द भएपछि त्यहाँबाट हुने आयात-निर्यात ठप्प भएको छ।



    १५ दिनका लागि केरुङ नाका बन्द गरेको अनौपचारिक माध्यमबाट जानकारी मिलेको रसुवागढी भन्सारका प्रमुख नारायणप्रसाद भण्डारीले बताए। ‘नाका बन्द गर्ने औपचारिक कुनै जानकारी छैन,’ भण्डारीले भने, ‘शुक्रबार सामान आएको होला भनेर जाँदा ढोका बन्द थियो।’



    केरुङ नाका माघ २१ गतेसम्म बन्द हुने जनाइएको छ। अहिले केरुङ नाकाबाट दैनिक एक दर्जन कन्टेनरमा सामान आयात हुने गरेको थियो। तातोपानी नाका माघ १४ गतेसम्मका लागि बन्द भएको छ। तातोपानी नाकाबाट दैनिक तीनरचार वटा कन्टेनर आउने गरेका थिए। नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार