Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • दसैंअघि उत्तरी सीमा नाका खुल्ने दाबी

    दसैंअघि उत्तरी सीमा नाका खुल्ने दाबी

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 630
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भन्सार विभागका निर्देशक मणिराम पौडेलले उत्तरी सीमा नाकाहरू यही दसैंअगाडी खुल्ने बताएका छन् ।

    मंगलबार वैदेशिक व्यापारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा निर्देशक पौडेलले चिनियाँ पक्षसँग छलफल गरेर दसैंअगाडी नै नाका खोल्ने तयारी भएको बताएका छन् ।



    उत्तरी नाकामा नेपालको कोभिड १९ सम्बन्धी स्वास्थ्य मापदण्ड कमजोर भएको भन्दै नाका बन्द गरिएको चीन पक्षले बताउने गरेको उनको भनाई छ ।



    निर्देशक पौडेलले अहिले दुबै पक्षको छलफलमा नेपालतर्फको नाकामा स्वास्थ्य मापदण्ड कडाइ गरे चीन सीमा खुला गर्ने पक्षमा रहेको बताए ।

    उनले पछिल्लो समय बैंकहरूमार्फत ५०० सय डलरसम्मको डेबिट कार्ड दिएपछि हुलाकबाट अवैध कारोबार बढेको पनि जानकारी दिए । उनले एउटै व्यक्तिले फरक फरक नाममा डिजिटल कारोबार गरेर हुलाकमार्फत व्यापार गर्ने गरेको जानकारी आएको बताए । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार