Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • चिनियाँ नयाँ वर्षका कारण उत्तरी नाकाहरु बन्द, १५ दिन आयात रोकिने

    चिनियाँ नयाँ वर्षका कारण उत्तरी नाकाहरु बन्द, १५ दिन आयात रोकिने

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 408
    SHARES

    काठमाडौं । चीनसँग सीमा जोडिएका उत्तरी दुई नाका केही समयको लागि बन्द भएको छ।

    चिनियाँ नयाँ वर्ष कारण उक्त नाकाहरुबाट हुने आयात र निर्यात करिब १५ दिनसम्म बन्द रहने बताइएको छ।



    चिनियाँ नयाँ वर्ष सुरु भएकोले केरुङ रसुवा नाका माघ ७ गतेदेखि २१ गतेसम्मको लागि बन्द भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।



    पछिल्लो समय रसुवा नाकाबाट दैनिक १४ वटा कन्टेनर आयात हुने गरेको थियो। गत महिनादेखि उक्त नाकाबाट स्वदेशी उत्पादन वस्तुहरु समेत निर्यात हुन थालेको छ।

    त्यस्तै, तातोपानी नाका माघ १४ गतेसम्म बन्द हुने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार