Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • पूर्व परराष्ट्रमन्त्री खड्का र पोल्याण्डका पूर्व राष्ट्रपति वालेसाबीच भेट

    पूर्व परराष्ट्रमन्त्री खड्का र पोल्याण्डका पूर्व राष्ट्रपति वालेसाबीच भेट

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 519
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री डा. नारायण खड्का साताव्यापी युरोप भ्रमणमा रहेका छन् ।

    प्रतिनिधिसभा सांसद समेत रहेका खड्काले पोल्याण्डका पूर्व राष्ट्रपति लेख वालेसाकाबीच भेटवार्ता गरेका छन् । उक्त भेटमा नेपाल र पोल्याण्डको सम्बन्धका विविध पक्षहरुमा छलफल भएको बताईएको छ ।



    खड्काले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तर्फबाट नेपाल भ्रमणको निमन्त्रणा समेत दिए । निमन्त्रणा स्वीकार गर्दै वालेसाले आफ्नो नेपाल आउने इच्छा रहेकाले चाडै नेपाल आउन सक्ने बताए ।



    मंगलबार पूर्व परराष्ट्रमन्त्री खड्काले पोल्याण्डका विदेश राज्यमन्त्री वोचीयच गेरवेलसँग पनि नेपाल पोल्याण्डबीच दुई पक्षीय हितका विषयमा छलफल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार