Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माधव नेपालको नेतृत्वमा काम गर्न पाउँदा अत्यन्तै सौभाग्यशाली छु: मन्त्री झाँक्री

काठमाडौँ । सहरी विकासमन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामुकमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा काम गर्न पाउँदा आफू अत्यन्तै सौभाग्यशाली रहेको बताएकी छिन्।

सोमबार ७० औं जन्मदिन मनाईरहेका अध्यक्ष नेपाललाई जन्मदिनको शुभकामना व्यक्त गर्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन्। साथै, मन्त्री झाँक्रीले आगामी दिनहरुमा पनि नेपाल नेतृत्वमा आफूलाई खुशी मिल्ने बताएकी छन्।

'प्रिय कमरेड, तपाई जस्तो महान् र अद्भूत नेताको नेतृत्वमा काम गर्ने अवसर पाउँदा म अत्यन्तै सौभाग्यशाली छु । तपाईंको यो अद्भुत जन्मदिन अरू धेरै मनाउन पाउँ, तपाईंको प्रयासहरूमा उत्तम कामना गर्दछु। जन्मदिनको धेरै धेरै शुभकामना प्रिय कमरेड,' झाँक्रीले लेखेकी छन्।

रौतहटको गौरमा जन्मिएका नेपाल आजबाट ६९ बर्ष पुरा भइ ७० बर्षमा प्रवेश गरेका छन् । नेपालको जन्म वि.सं. २००९ फागुन २३ गते गौरमा एक उच्च ब्रामण कुलमा भएको थियो।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल हाल भने काठमाडौँको कोटेश्वरमा बस्दै आएका छन् । ७० औं जन्मदिनको अवसरमा उनलाई नेता/कार्यकर्ताले बधाई तथा शुभकामना दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077