Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बलात्कार आरोपित चिनियाँ नागरिक झियुआन जेल चलान

काठमाडौं । पोखराकी एक नाबालिगलाई बलात्कार आरोपमा पक्राउ परेका चिनियाँ नागरिक जेल चलान भएका छन् ।

फकाएर प्रलोभनमा पारेर बलात्कार गरेको आरोप लागेका ली झियुआनलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि जेल चलान गरेको हो ।

पीडित परिवारले दिएको जाहेरीमा गत माघ २ गते राति ८ बजेतिर नाबालिग किशोरीको कोठामा पुगेर बलात्कार गरेको उल्लेख छ ।

विगत केही समय यता ३३ वर्षीय झियुआनले १८ वर्षभन्दा कम उमेरकी नाबालिगलाई फकाएर गरी विवाह गर्ने प्रलोभनमा पारेर बलात्कार गरेको पीडित पक्षको आरोप छ।

पीडित नाबालिगका आमाले माघ २४ गते बलात्कार आरोपमा जाहेरी दिएकै दिन प्रहरीले झियुआनलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077