Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु

काठमाडौं । बाँकेकोमा ड्युटीमा खटिएका प्रहरी हवल्दारको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । भने एकजना घाइते भएका छन् ।

जिल्लाको नेपालगञ्ज उप–महानगरपालिका स्थित राँझा चोकमा चेकिङ ड्युटीमा खटिएका प्रहरी हवल्दार भुपेन्द्र बहादुर शाहीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।

यस्तै मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका जवान नरेश चौधरी घाइते भएका छन् । तिब्र गतिमा नेपालगञ्जबाट कोहलपुर तर्फ जाँदै गरेको भे.१० प ४७५७ नम्बरको मोटरसाइकलले प्रहरी हवल्दारलाई ठक्कर दिएको बाँके प्रहरीले जनाएको छ ।

घाइते चौधरीको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकलका चालक बर्दियाको राजापुर घर भएका २० वर्षीय सन्तोष बम सिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठकुरीले मापसे गरेर मोटरसाइकल चलाएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077