Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माधव नेपालको निम्तोमा काठमाडौँ आइपुग्यो फ्रान्सेली संसदको टोली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको निमन्त्रणामा फ्रान्सेली संसदको एक टोली नेपाल आइपुगेको छ।

काठमाडौंस्थित फ्रान्सेली दूतावासले जनाए अनुसार फ्रान्सेली संसदको फ्रान्स-नेपाल फ्रेन्डसिप ग्रुपका अध्यक्ष भेरोनिक रायोट्टन नेतृत्वको संसदको टोली मंगलबार काठमाडौँ आइपुगेको हो।

टोलीमा उपाध्यक्ष निकोलस फरिसियर र ग्रेजिलिया मेल्सियरसमेत रहेको दूतावासले जनाएको छ । यो टोली शनिवारसम्म नेपालमा रहने छ।

टोलीले नेपालसँगै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, परराष्ट्र मन्त्री नारायण खड्कासँग भेट गर्ने कार्यक्रम रहेको छ।

यस्तै उक्त टोलीले ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनसहित निजि क्षेत्रका प्रतिनिधि र थिंक ट्यांकसँग भेट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077