Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस सप्तरीको निर्वाचन: कडा सुरक्षाकाबीच मतदान जारी

    कांग्रेस सप्तरीको निर्वाचन: कडा सुरक्षाकाबीच मतदान जारी

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 1K
    SHARES

    सप्तरी, २४ फागुन । विवादका कारण स्थगित भएको नेपाली कांग्रेस, सप्तरीको नयाँ नेतृत्वका लागि मंगलबार मतदान कडा सुरक्षाको बीच जारी छ ।

    ५ बजे सम्म ५० प्रतिशत मतदान भएको निर्वाचन समितिले जनाएको छ । जम्मा २ हजार ५ सय ३५ जना मतदाता रहेको छ ।



    जिल्ला सभापतिका लागि दुई जनाले उम्मेदवारी दिएका छन् । रामदेव साह र शत्रुद्यन यादव चुनावी मैदानमा उत्रिएका छन् । डा शेखर कोइराला पक्षबाट साह र शेरबहादुर देउवा पक्षबाट यादवले उम्मेदवारी दर्ता गरेका छन् ।



    सहायक निर्वाचन अधिकृत संतोष भण्डारीका अनुसार आज (मंगलबार) बिहान ८ बजे देखि मदतान सुरु हुने भनिएको निर्वाचन केही प्रविधिक कारण १२ बजे देखि निर्वाचन सुरु भएको हो ।

    दुई पक्षको विवादका कारण गत शनिबार भएको निर्वाचन स्थगित भएको थियो । निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचन स्थल परिवर्तन गरिएको छ ।

    यसअघि रुपनी गाउँपालिकास्थित वडा नम्वर ६ बसपिट्टी स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा निर्वाचन भएको थियो । अहिले राजविराज नगरपालिका वडा नम्वर ५ स्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको प्रांगणमा निर्वाचन हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार