Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिद्धबाबाविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाई आज हुँदै

    सिद्धबाबाविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाई आज हुँदै

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    विराटनगर । उच्च अदालत विराटनगरले आज धरानको चतराधाममा बस्ने सिद्धबाबाको नामले चिनिने कृष्णबहादुर गिरी विरुद्धको जबरजस्ती करणीको मुद्दामा सुनुवाइ गर्ने भएको छ ।

    ५ नम्बर इजलासमा आज मुद्दाको सुनुवाइ हुने अदालतले जनाएको छ । सिद्धबाबा विरुद्ध २०७७ साल चैत २६ गते उच्च अदालतमा मुद्दा परेको थियो ।



    सुनसरी जिल्ला अदालतको २०७७ मङ्सिर २२ गतेको फैसलामा सिद्धबाबा भनिने गिरीले एक भक्तालु महिलामाथि करणी गरेको स्वीकार गरिएको छ । तर, सिद्धबाबाकी भक्तजन पीडित २६ वर्षीय महिलाले आफूमाथि बलात्कार नै भएकोले कारबाहीको माग गर्दै जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गराएकी हुन् ।



    सिद्धबाबाले पनि जिल्ला अदालतको फैसलाले आफ्नो ब्रम्हचर्य तोडिदिएको भन्दै सफाइको मागसहित अर्को मुद्दा दर्ता गराएका छन् । दुवै मुद्दालाई एकै ठाउँमा राखेर अदालतले सुनुवाइ गरिरहेको छ ।

    सोलुखुम्बु घर भई सुनसरीको बराहक्षेत्रस्थित पवित्र धार्मिक स्थलमा बस्ने सिद्धबाबाआफूलाई बाल ब्रह्मचारी भएको दाबी गर्दै आएका छन् । तर, उनै धर्मगुरुले आफूलाई बलात्कार गरेको भन्दै एक २६ वर्षीय अनुयायीले २०७७ मंसिर ११ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गरेकी थिइन् । कात्तिक ४ गते सिद्धबाबाले आश्रममा बोलाएर आफूलाई अनुचित प्रभावमा पारी मोहित बनाएर बलात्कार गरेको ती महिलाको आरोप छ ।

    त्यस घटनाको विरुद्धमा २०७६ पुस १० गते सिद्धबाबाविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको थियो । अदालतले २०७७ मङ्सिर २२ गते फैसला सुनाएको थियो ।

    सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले २०७७ साल मङ्सिर २२ गते गरेको फैसलामा सिद्धबाबाले राजीखुशीमै महिलासँग यौनसम्बन्ध राखेको उल्लेख छ । जिल्ला अदालतको फैसलाले करणी पुष्टि गरेको छ ।

    तर, पीडित महिला धर्मगुरुको शरणमा परेको अवस्थामा आफूलाई अनुचित प्रभावमा पारेर करणी गरिएको हुनाले बलात्कारको आरोपमा सिद्धबाबालाई कानुनी कारबाही हुनुपर्ने माग गर्दै उच्च अदालतको शरणमा पुगेकी हुन् । आज उच्च अदालतले कस्तो फैसला गर्छ, त्यो पर्खाइको विषय बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार