Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सिद्धबाबाविरुद्धको मुद्धा: अन्तिम सुनुवाइका लागि मुख्यन्यायाधीश बाहेकको इजलासमा पेस गर्ने आदेश

    सिद्धबाबाविरुद्धको मुद्धा: अन्तिम सुनुवाइका लागि मुख्यन्यायाधीश बाहेकको इजलासमा पेस गर्ने आदेश

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्दालाई अन्तिम सुनुवाइका लागि आफू बाहेकका न्यायाधीशको इजलासमा पेस गर्न उच्च अदालतका मुख्य न्यायाधीशसहितको इजलासले आदेश गरेको छ ।

    बुधबारउच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र तेजनारायणसिंह राईको इजलासले  जिल्ला अदालत सुनसरीको फैसला विरुद्धको मुद्दामा अन्तिम सुनुवाइका क्रममा यस्तो आदेश जारी गरेको हो।



    सुनसरी जिल्ला अदालतको २०७७ मङ्सिर २२ गतेको फैसलामा सिद्धबाबा भनिने गिरीले एक भक्तालु महिलामाथि करणी गरेको स्वीकार गरिएको थियो । तर, सिद्धबाबाकी भक्तजन पीडित २६ वर्षीय महिलाले आफूमाथि बलात्कार नै भएकोले कारबाहीको माग गर्दै जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गराएकी थिइन्।



    सिद्धबाबाले पनि जिल्ला अदालतको फैसलाले आफ्नो ब्रम्हचर्य तोडिदिएको भन्दै सफाइको मागसहित अर्को मुद्दा दर्ता गराएका थिए। दुवै मुद्दालाई एकै ठाउँमा राखेर अदालतले सुनुवाइ गरिरहेको छ ।

    सोलुखुम्बु घर भई सुनसरीको बराहक्षेत्रस्थित पवित्र धार्मिक स्थलमा बस्ने सिद्धबाबाआफूलाई बाल ब्रह्मचारी भएको दाबी गर्दै आएका छन् । तर, उनै धर्मगुरुले आफूलाई बलात्कार गरेको भन्दै एक २६ वर्षीय अनुयायीले २०७७ मंसिर ११ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गरेकी थिइन् । कात्तिक ४ गते सिद्धबाबाले आश्रममा बोलाएर आफूलाई अनुचित प्रभावमा पारी मोहित बनाएर बलात्कार गरेको ती महिलाको आरोप छ ।

    त्यस घटनाको विरुद्धमा २०७६ पुस १० गते सिद्धबाबाविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको थियो । अदालतले २०७७ मङ्सिर २२ गते फैसला सुनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार