Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • साम्पाङलाई उच्च अदालतको आदेश – व्यक्तिको जग्गामा अनधिकृत रूपमा प्रवेश र वृक्षरोपण नगर्नू

    साम्पाङलाई उच्च अदालतको आदेश – व्यक्तिको जग्गामा अनधिकृत रूपमा प्रवेश र वृक्षरोपण नगर्नू

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 498
    SHARES

    काठमाडौं । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका नामा अन्तरिम आदेश जारी गरेको छ ।

    न्यायाधीश मिलनकुमार राईको इजलासले सर्दु जलधार क्षेत्रमा रहेको व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न भन्दै अन्तरिम आदेश दिएको हो ।



    धरान–४ की रोजिना अधिकारीले दायर गरेको रिटमा न्यायाधीश राईको इजलासले बिहीबार मुद्दाको अन्तिम टुंगो नलागेसम्म व्यक्तिको नाममा रहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, विरुवा रोप्नेजस्ता काम नगर्न भनेको छ ।



    साथै अदालतले उपमहानगरलाई रिट निवेदकको मागबमोजिमको आदेश जारी नहुनुपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र लिखितरूपमा जवाफ पेस गर्न आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार