Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • धरानका उपमेयर बेघाको घरमा तोडफोड, भाइ विष्णुमाथि खुकुरी प्रहार

    धरानका उपमेयर बेघाको घरमा तोडफोड, भाइ विष्णुमाथि खुकुरी प्रहार

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 2K
    SHARES

    सुनसरी । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा तोडफोड भएको छ । धरान उपमहानगरपालिका १५ स्थित खिरिया बस्तीमा पुगेर १५ देखि २० जनाको समूहले बेघाको घरमा तोडफोड गरेको हो ।

    तोडफोडबाट झ्यालको शिशा फुटेको छ । उपप्रमुख बेघाका भाइ विष्णु बेघालाई कुटपिट गर्न पुगेको उक्त समूहले घर तोडफोड गरेको हो । बेघामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।



    विष्णुमाथि १५ देखि २० जनाको समूह आएका युवाहरूले घरमै आएर खुकुरी हानेका हुन् । खुकुरी प्रहारबाट बेघाको देब्रेपट्टीको गालामा चोट लागेको छ ।



    घर तोडफोड हुनेबित्तिकै खबर गरिए पनि प्रहरीले शान्ति सुरक्षा नदिएको गुनासो बेघाले गरेका छन् । सुनसरीका प्रहरीले भने घर तोडफोड गर्नेहरुको खोजी थालिएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार