Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • धरानमा निषेधाज्ञा जारी भएपछि हिन्दुवादीहरूले इटहरीमै निकाले धार्मिक र्‍याली

    धरानमा निषेधाज्ञा जारी भएपछि हिन्दुवादीहरूले इटहरीमै निकाले धार्मिक र्‍याली

    अनलाइन नेपाल
  • शनिबार, ९ भाद्र २०८०
  • 1.5K
    SHARES

    इटहरी । गौहत्याको विरोधमा हिन्दुवादीहरूले इटहरीमा धार्मिक र्‍याली निकालेका छन् ।

    धरान जान नपाएपछि उनीहरूले इटहरीमा र्‍याली निकालेका हुन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा गए राति १२ बजेदेखि २४ घण्टे निषेधाज्ञा जारी गरेको छ ।



    बाक्लोरूपमा प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ । उनीहरूले गणतन्त्र तथा वर्तमान सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् भने हिन्दु राष्ट्र बनाउनुपर्ने माग गरिरहेका छन् ।



    स्थितिलाई नियन्त्रणमा राख्नका लागि प्रहरीले बाटोमा नै चेकजाँचलाई कडाइ गरेको छ । स्थानीय प्रशासनले धरानका विभिन्न स्थानमा निषेधाज्ञा नै जारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार