Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • शिशु बिक्री प्रकरण : डा. तपेश्वरलाल कर्ण एक लाख धरौटीमा रिहा

    शिशु बिक्री प्रकरण : डा. तपेश्वरलाल कर्ण एक लाख धरौटीमा रिहा

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 906
    SHARES

    विराटनगर । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ परेका डाक्टर तपेश्वरलाल कर्णसहित दुई जना धरौटीमा छुटेका छन् ।

    उच्च अदालत विराटनगरले बिहीवार धरौटीमा रिहा गर्न आदेश गरेको हो ।



    उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश सृधराकुमारी पुडासैनीको संयुक्त इजलास डा कर्ण र सूर्यनारायण राजवंशीलाई जनही १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको अदालतले जनाएको छ ।



    गत असोज ४ गते मोरङ जिल्ला अदालतले डा कर्णसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो । उनीहरूले पाँच लाख रुपैयाँमा शिशु बिक्री गरेको खुलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार