Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • कोशीका मन्त्रीलाई अदालतको आदेश – पाँच दिनभित्र लिखित जवाफसहित आफैं उपस्थित हुनू

    कोशीका मन्त्रीलाई अदालतको आदेश – पाँच दिनभित्र लिखित जवाफसहित आफैं उपस्थित हुनू

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 567
    SHARES

    विराटनगर । अदालतको अवहेलना मुद्दामा उच्च अदालत विराटनगरले कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीलाई आफैं उपस्थित भएर बयान दिन आदेश गरेको छ ।

    उच्चका कायम मुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले मन्त्री राजभण्डारीलाई बयानका लागि असार २० गते ११ बजे अदालतमा उपस्थित हुन आदेश दिएको हो ।



    अदालतका अनुसार राजभण्डारीका नाममा कारण देखाउ आदेश जारी गर्दै इजलासले बयानका लागि स्वयं उपस्थित हुनुपर्ने आदेश गरेको छ ।



    मन्त्री राजभण्डारीविरुद्ध उच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी २ वटा मुद्दा मंगलबार दायर भएको थियो । मंगलबार अधिवक्त उद्धवचन्द्र घिमिरे र रजिस्ट्रार जितेन्द्रबाबु थपलियाले उच्च अदालत विराटनगरमा अवहेलना मुद्दामा रिट दायर गरेका थिए ।

    मन्त्री राजभण्डारीले न्यायाधीशले पैसा लिएर अन्तरिम आदेश जारी आरोप लगाएका थिए । असार १० गते विराटनगरको एक निजी विद्यालयमा भएको कार्यक्रममा उच्च अदालतले प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिवले पैसा दिएकै भरमा आदेश गरेको उनको आरोप थियो ।

    उनले न्यायाधीशलाई फटाहा र कलंकको संज्ञासमेत दिएका थिए। अदालतको अवहेलना गरेको ठहर भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवना वा दुवै सजाय वा अरू कुनै आदेश हुन सक्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार