Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • आफ्नै पार्टनरमाथि खुकुरी हान्न लगाउने मियाँ पुर्पक्षका लागि थुनामा, राजबाहक र कट्टेलविरुद्ध पक्राउ पुर्जी जारी

    आफ्नै पार्टनरमाथि खुकुरी हान्न लगाउने मियाँ पुर्पक्षका लागि थुनामा, राजबाहक र कट्टेलविरुद्ध पक्राउ पुर्जी जारी

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 3.2K
    SHARES

    मोरङ । इटा उद्योग कब्जा गर्नका लागि आफ्नै साझेदार समेत रहेका काभ्रेका युवा व्यापारी ३२ वर्षीय कलामसिंह लामाको हत्या गर्नेसम्मको योजना बनाई खुकुरी प्रहार गर्न लगाउने महम्मद साजिद मियाँसहित दुई जना पुर्पक्षका लाथि थुनामा पुगेका छन् ।

    मोरङ जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको एकल इजलाशले लामामाथि खुकुरी प्रहार गर्ने विमल कार्की र लामाका साझेदार समेत रहेका व्यवसायी महम्मद साजिद मियाँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।



    उच्च अदालत विराटनगरको गेटमा असोज १० गते आइतबार लामामाथि खुकुरी प्रहार भएको थियो । मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इटा उद्योगमा लगानी गरेका लामामाथि साझेदार समेत रहेका महम्मद साजिद मियाँकै योजनामा विमल कार्कीले खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानमै खुलेको थियो ।



    लामामाथि खुकुरी प्रहार गर्ने विराटनगर महानगरपालिका–११ का २७ वर्षीय विमल कार्कीले प्रहरीसमक्ष मियाँले आफूले ५० हजार रकम दिएर लामामाथि खुकुरी प्रहार गर्न लगाएको वयान दिएका थिए ।

    आदेशमा भनिएको छ–‘सहप्रतिवादी विमल कार्कीले अधिकारप्राप्त अधिकारी समक्ष वयान गर्दा मोहम्मद साजिद मियाँले मलाई ५० हजार दिन्छु कलाम सिंह लामालाई हान्न भनेकाले वारदातस्थलमा गई मैले निज कलाम सिंह लामालाई खुकुरीले प्रहार गरेको हुँ भनी यी प्रतिवादी मोहम्मद साजिद मियाँलाई साविती पोल गरेको देखिन्छ।

    घाईते कलाम सिंह लामाको घाउँ जाँच केश फाराममा Abrasion is present Type of injury: Severe and Type of weapon: Sharp force भन्ने उल्लेख भएको देखिन्छ। … तत्काल प्राप्त प्रमाणहरुबाट यी प्रतिवादी मोहम्मद साजिद मियाँ कसूरदार हुन भन्ने विश्वास गर्ने मनासिव आधार विद्यमान रहेकाले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा ६७ को उपदफा ९१० को देहाय ९ख० बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने देखिंदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा ८० बमोजिम थुनुवा पुर्जी दिई कारागार कार्यालय, मोरङमा पठाई दिने गरी मलकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा ७९ बमोजिम यो आदेश गरिदिएको छ।

    त्यसो त घटनामा जोडिएका मुख्य अर्का अभियुक्तद्वय भक्तपुर ठिमीका रमेश राजबाहक र मोरङका नेत्र कट्टेल भने अहिले फरार छन् । अदालतले उनीहरुविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    लामालाई इटा उद्योगमा ठूलो फाइदा हुने प्रलोभन देखाएर राजबाहकले नै मोरङसम्म पुर्याई महम्मद साजिद मियाँसँग चिनजान गराएर लगानी गर्न बाध्य बनाएका थिए । दुई वर्ष अघि लामाले जब उक्त उद्योगमा करोडौं रकम लगानी गरे त्यसपछि राजबाहकले लामासामु दैनिक १० हजार इटा निशुल्क दिनुपर्ने जस्ता अस्वभाकि सर्तहरु राख्न थाले । लामाले भने नाफा भएको खण्डमा आफूले सहयोग गर्ने आश्वसन पनि दिए ।

    तर, लगानी गराउनासाथ फाइदा खोजेका राजबाहकले लामाविरुद्ध हुँदै नभएका उजुरी वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म हालेर दुःख दिन थाले । लामालाई अनेक तरिकाले दुःख दिएर मोरङबाट भगाई उद्योग नै हत्याउन उनले प्रशासनलाई समेत प्रयोग गरेको देखिन्छ । किनकी कम्पनीमा कुनै लगानी र सरोकार नै नभएका नेत्र कट्टेल नामका व्यक्तिले उजुरी दिएको आधारमा जिल्ला प्रशासन कार्यालय मोरङले इटा उद्योगको कारोबार नै रोक्न आदेश दिएको थियो ।

    योजनाबद्ध रुपमा लामाका साझेदार मियाँले पनि जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिए । उक्त इटा उद्योगमा मियाँ र उनकी श्रीमतीको ५०/५० प्रतिशत शेयर थियो । मियाँले श्रीमतीको नाममा रहेको ५० प्रतिशत शेयर लामालाई बेचेका थिए भने बाँकी ५० प्रतिशत शेयर वार्षिक ५० हजार इटा पाउने शर्तमा ५ वर्षका लागि लिजमा दिएका थिए ।

    यति हुँदाहुँदै पनि इटा उद्योगलाई सञ्चालन नै गर्न नदिई उनीहरु लामालाई भगाएर उद्योग कब्जा गर्न खोजेको प्रहरी अनुसन्धानका क्रमममा खुलेको छ । प्रशासनले विना कारण बाहिरका व्यक्तिका उजुरीकै आधारमा उद्योग नै बन्द गरिदिएपछि प्रशासनको निर्णयविरुद्ध लामा जिल्ला अदालत जाने तयारीमा थिए ।

    कारोबार फुकुवाको मागसहित मुद्दा दर्ताको तयारी गरेर विराटनगरस्थित वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल–फर्मबाट निस्किएर उच्च अदालतको गेट अगाडि पुगेपछि लामामाथि खुकुरी प्रहार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार