Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विराटनगरमा किराना व्यापारीमाथि खुकुरी प्रहार

    विराटनगरमा किराना व्यापारीमाथि खुकुरी प्रहार

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 741
    SHARES

    फाइल फोटो

    विराटनगर । विराटनगरमा एक जना किराना व्यापारीमाथि खुकुरी प्रहार भएको छ ।

    बिहीबार दिउँसो विराटनगर महानगरपालिका-१३ का ३२ वर्षीय व्यापारी राहुलकुमार रायमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।



    ट्राफिक चोक नजिकै खुकुरी प्रहार हुँदा रायको हातमा चोट लागेको छ । उनलाई उपचार गर्न विराट नर्सिङ होममा भर्ना गरिएको छ । राय जोगबनीमा किराना पसल सञ्चालन गर्छन् ।



    खुकुरी प्रहार गर्ने विराटनगर-१२ बस्ने दीपेन्द्र कामतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार