Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ड्युटीमा खटिएका सशस्त्रका सईमाथि खुकुरी प्रहार

    ड्युटीमा खटिएका सशस्त्रका सईमाथि खुकुरी प्रहार

    अनलाइन नेपाल
  • शनिबार, २३ बैशाख २०८०
  • 2K
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार भएको छ ।

    जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कञ्चनभोजस्थित बोर्डर आउट पोस्ट (बीओपी) का प्रमुख सई नरेन्द्र चैंसिरमाथि शुक्रबार राति खुकुरी प्रहार भएको हो ।



    ड्युटीका क्रममा पोस्टनजिकै राति साढे १० बजे ४/५ जनाको अज्ञात समूहले सई चैंसिरलाई खुकुरीले हानेको बताइएको छ ।



    खुकुरी प्रहारबाट सई चैंसिरको बायाँ पाखुरामा चोट लागेको छ । आक्रमणकारीको प्रहरीले खोजी गरिररहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार