Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • खुकुरी प्रहार गर्ने तीन विद्यार्थी आरआर क्याम्पसबाट निष्कासित

    खुकुरी प्रहार गर्ने तीन विद्यार्थी आरआर क्याम्पसबाट निष्कासित

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 705
    SHARES

    काठमाडौं । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसले हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै तीनजना विद्यार्थीलाई निष्कासन गरेको छ ।

    सोमबार क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले विज्ञप्ति जारी गर्दै कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई निष्कासन गरेका हुन् ।



    उनीहरुले यही पुस १३ गते रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा बिहान कक्षा सञ्चालन भइरहेका समयमा परिसरभित्र हिंसात्मक गतिविधि गरेको बताइएको छ ।



    आन्तरिक विवादका कारण खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का, पवन खड्का र हर्क बोहरा रहेका गरी चारजना विद्यार्थी घाइते भएका थिए ।

    उनीहरूलाई कानुनी कारबाही अगाडि बढाउन प्रहरी प्रशासनसमक्ष माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार