Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सशस्त्रका बीओपी प्रमुखमाथि खुकुरी प्रहार गर्ने पाँचजना पक्राउ

    सशस्त्रका बीओपी प्रमुखमाथि खुकुरी प्रहार गर्ने पाँचजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 735
    SHARES

    फाइल फोटो

    कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीका बीओपी प्रमुखमाथि खुकुरी प्रहार गर्ने पाँचजना पक्राउ परेका छन् ।

    जिल्लाको दोधारा चाँदनी नगरपालिकाको कंजभेज बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत प्रमुख सई नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार गरेको आरोमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।



    पोस्टनजिकै शुक्रबार राति साढे १० बजे उनीहरूले सशस्त्र प्रहरीलाई खुकुरी प्रहार गरेका थिए । राति कता घुमेको भनेर सोध्दा खुकुरी प्रहार गरेर आक्रमणकारीहरु भागेका थिए।



    खुकुरी प्रहार गर्नेहरूको परिचय प्रहरीले खुलाएको छैन । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार