Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कैलालीका युवकमाथि काठमाडौंमा खुकुरी प्रहार

    कैलालीका युवकमाथि काठमाडौंमा खुकुरी प्रहार

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 2.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंमा एक जना पुरूषमाथि खुकुरी प्रहार भएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका-४ चण्डोल चोकमा कैलालीको टीकापुरका चक्र शाहमाथि खुकुरी प्रहार भएको हो ।



    दुई पक्षबीच झगडा हुँदा शाहमाथि खुकुरी प्रहार भएको बताइएको छ । टाउको र खुट्टामा चोट लागेका उनको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।



    शाहमाथि खुकुरी प्रहार गरेपछि आक्रमण गर्ने पुरूष फरार भएका थिए । सो प्रकरणमा संलग्न रहेको भन्दै धनगढी बस्ने अन्दाजी २७ वर्षीय रविन गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त महाराजगन्जले घटनाको थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार