Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • खुकुरी प्रहार गरी एक जनाको हत्या, आरोपी फरार

    खुकुरी प्रहार गरी एक जनाको हत्या, आरोपी फरार

    अनलाइन नेपाल
  • शनिबार, ६ असोज २०८०
  • 1.6K
    SHARES

    फाइल तस्विर

    बझाङ । बझाङमा खुकुरी प्रहार गरी एकजनाको हत्या गरिएको छ ।

    छबिसपाथिभेरा गाउँपालिका–७, घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजे हत्या गरी फरार भएका हुन् ।



    “सामान्य विवाद हुँदा बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर आएको छ । हामी घटनास्थलमा गइरहेका छौँ”, चौधरीले भने ।

    उनका अनुसार आरोपीको खोजी कार्य भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार