Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिद्धबाबाले पाए बलात्कार मुद्दामा सफाइ, अभियोग दाबी नपुगेको ठहर

    सिद्धबाबाले पाए बलात्कार मुद्दामा सफाइ, अभियोग दाबी नपुगेको ठहर

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 1.8K
    SHARES

    सुनसरी । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सुनसरी चतराधामका सिद्धबाबा भनिनेकृष्णबहादुर गिरीले सफाइ पाएका छन् ।

    सुनसरी जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले बुधबार मागदाबी नपुग्ने भन्दै आरोपितले कसुरबाट सफाइ पाउने ठहर गरेको हो ।



    सुनसरी जिल्ला अदालतको यसअघिको फैसला पुनःविचार गर्न भन्दै उच्च अदालतले जिल्लामा मुद्दा फर्काएको थियो । गिरीविरूद्ध जिल्ला अदालत सुनसरीमा परेको जबरजस्ती करणी मुद्दामा निवेदकको माग नपुग्ने अन्तिम फैसला भएको बताइएको छ ।



    दासमाथि अनुयायी महिलालाई बलात्कार गरेको आरोप रहेको थियो। २०७६ साल कात्तिक ४ गते राति कृष्णदासले बलात्कार गरेको दाबी अनुयायी महिलाले गरेकी थिइन्।

    सोही क्रममा महिलाले सोहीवर्ष मंसिर ११ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । सोही मुद्दाको सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी नपुग्ने र गिरीलाई आरोपबाट सफाइ दिने फैसला सुनाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार