Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिद्धबाबालाई ‘बलात्कारी’ भनेपछि रोशनी शाही पक्राउ

    सिद्धबाबालाई ‘बलात्कारी’ भनेपछि रोशनी शाही पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं– बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्ण गिरीविरुद्ध नाराबाजी गरेपछि रोशनी शाही पक्राउ परेकी छन्।

    शाहीले मंगलबार पशुपतिनाथ परिसरमा पुगेर सिद्धबाबाविरुद्ध नाराबाजी गरेकी हुन्।



    आफ्नै अनुयायीलाई बलात्कार आरोप लागेर हाल अदालतमा मुद्दा प्रक्रियामा रहेका सिद्धबाबालाई रोशनीले ‘बलात्कारी’ भन्दै विरोध जनाएकी थिइन्।



    त्यसपछि उनलाई प्रहरीले तत्कालै पशुपति परिसरबाट पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार उनलाई अहिले महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ।

    उनले तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार आरोप लगाएकी थिइन् ।

    पशुपति परिसरमा सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको नाममा ‘अतिरुद्र महायज्ञ’चलिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार