Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पुटिनले युक्रेनी सेनालाई अझै दमन गर्ने सीआईए प्रमुखको खुलासा

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राजधानी किएभलाई दुई दिनमा कब्जा गर्ने योजना बनाएको अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख विलियम बर्न्सले बताएका छन्।

मङ्गलवार एउटा संसदीय सुनुवाइको क्रममा बोल्दै बर्न्सले अमेरिकी सांसदहरूलाई चेतावनी दिँदै भने 'मलाई लाग्छ अहिले पुटिन आक्रोशित र हताश छन्। गैरसैनिक हताहत हुने कुरालाई बेवास्ता गर्दै उनले अझ बल गरेर युक्रेनी सेनालाई दमन गर्ने प्रयास गर्न सक्ने सम्भावना छ।'

पुटिन धेरै वर्षदेखि गुनासो र महत्त्वाकाङ्क्षाको एउटा ज्वलनशील मिश्रणमा तड्पिएको उनको भनाइ थियो।

फेब्रुअरी २४ मा युक्रेनमाथि भएको रुसीआक्रमण पुटिनको गहिरो निजी दृढ विश्वासका कारण भएको उनले टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077