Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एकीकृत समाजवादी बैठक: माधव नेपालको प्रतिवेदनमाथि ९ वटा समूहमा छलफल गरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव कुमार नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि ९ वटा समूहमा छलफल हुने भएको छ।

पार्टीका नेता तथा प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार ९ वटै समूहहरुले भोलिको बैठकमा रिपोर्ट प्रस्तुत गर्नेछन् । भने आजको बैठकमा अध्यक्षबाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुन्छ।

यस्तै, सात वटा भूगोल प्रदेश, एउटा उपत्यका विशेष र सम्पर्क प्रदेश, अर्को विभाग र मोर्चाहरु भनेर ९ वटा समूहको विभाजन गरिएको र सबैले आ-आफ्नो समूह नेता छनौट गर्दै रिपोर्ट तयार गर्ने खतिवडाले बताए।

बैठक भोलिसम्म चल्नेछ, यसअघि बैठकको सुरुमै पार्टी अध्यक्ष नेपालले एमसीसीबारे जथाभावी बोले नेताहरुलाई कारवाही गर्ने चेतावनी समेत दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077