Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भूमि आयोगको मान्छे हुँ भन्दै सुकुम्बासीसँग ठगी गर्ने दुई युवा पुर्पक्षको लागि कारागार चलान

    भूमि आयोगको मान्छे हुँ भन्दै सुकुम्बासीसँग ठगी गर्ने दुई युवा पुर्पक्षको लागि कारागार चलान

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जिल्ला अदालत काठमाडौँले भूमि आयोगको मान्छे हुँ जमिन दिलाई दिन्छु भन्दै सुकुम्बासीसँग रकम लिई ठगी गरेको अभियोगमा पक्राउ परेका २ जनालाई कारागार चलानका लागि आदेश दिएको छ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार  गत माघ २४ गते सोमबार पक्राउ परेका काठमाडौं टोखा नगरपालिका-८ बानियाटार बस्ने झापा भद्रपुर नगरपालिका-३ घर भएका ३८ वर्षीय होम नारायण चौधरी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका- ४ घर भएका ४४ वर्षीय उद्धब भण्डारीलाई कारागार चलान गरिएको हो।



    उनीहरुलाई काठमाडौं महानगरपालिका-१६ बसन्तनगरस्थित भेटघाट क्याफेमा सुकुम्बासीहरुलाई जग्गा वितरण गछौँ, फाराम भर्नुपर्छ भनी पैसा असुल गरीरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।



    उनीहरुको साथबाट ल्यापटप, प्रिन्टर १ थान, ‘भूमिहिन दलित, भूमिहिन सुकुम्बासीले भर्ने निवेदन फाराम’ लेखिएको फारमहरु, अव्यवस्थित बसोबासीले दिने निवेदनको ढाँचा लेखिएको फारामहरु, बिभिन्न ब्यक्तिहरुको नाम तथा फोटो समेत राखिएका रेकर्ड फाइलहरु, स्पिकर १ थान र मोबाइल ३ थान समेत बरामद गरिएको प्रहरीले जनाएको थियो ।

    अनुसन्धानको क्रममा उनीहरुले आफूलाई भूमि आयोगले खटाएका ब्यक्तिहरु भनी परिचय गराई काठमाडौंमा सुकुम्बासीले ४ आना जग्गा प्राप्‍त गर्न जनही ५० हजार रुपैयाँको दरले माग गरी फारम भर्न लगाई ठगी गर्ने गरेको खुलेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार