Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मधेशका प्रदेशका पिछडिएका परिवारलाई भारतले ग्याँस चुल्हो र सिलिण्डर दिने

    मधेशका प्रदेशका पिछडिएका परिवारलाई भारतले ग्याँस चुल्हो र सिलिण्डर दिने

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । छिमेकी मुलुक भारत सरकारले आर्थिक सहयोगमा मधेस प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई एल.पी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री उपलब्ध गराउने भएको छ।

    बुधबार भारतीय दूतावास, काठमाडौं र नेपाल–भारत महिला मैत्री समाजबीच अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत एक समझदारी पत्रमा हस्ताक्षर समेत गरिएको छ।



    सम्झौता अनुसार भारत सरकारको नेरु २ करोड ४ लाख ९० हजार अनुदान सहयोगमा मधेस प्रदेशका तीन जिल्लामा ३००० वटा एल.पी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री नेपाल–भारत महिला मैत्री समाजमार्फत उपलब्ध गराइनेछ ।



    योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अर्मत महोत्सव’ अन्तगर्त यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको एक हो ।

    दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण क्षेत्रका घरपरिवारसम्म एल.पी ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच विस्तार गर्न हेतु भारत सरकारले ल्याएको ‘प्रधानमन्त्री उज्ज्वला योजना’ बाट यो योजना प्रेरित रहेको दूतावासले जनाएको छ।

    यस्तै, दूतावासका अनुसार सन् २००३ यता भारतले नेपालमा स्वस्थ्य, शिक्षा, खानेपानी तथा सिँचाइ, विद्युतीकरण आदिका क्षेत्रमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ जसमध्ये ४६७ वटा सम्पन्न भइसकेका छन् ।

    ती मध्ये सर्लाहीका १९, रौतहटका ५ र सप्तरीका ९ गरी मधेस प्रदेशमा ८१ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले यी तीन जिल्लामा हालसम्म ८७ वटा एम्बुलेन्स र तीनवटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार