Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संखुवासभामा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान संखुवासभाबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस करिब साढे सात बजेतिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा १० जनाको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।

घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077