Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

६ हजार रुसी सेनाको मृत्यु भएको हुनसक्ने अमेरिकी अनुमान

एजेन्सी । युक्रेनसँगको युद्धको दोस्रो हप्तासम्ममा ५,००० देखि ६,००० रुसी सेनाको मृत्यु भएको हुनसक्ने आफूहरूले अनुमान गरेको अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजलाई बताएका छन्।

मृत्यु भएको सङ्ख्याको तुलनामा घाइतेहरूको सङ्ख्या सामान्यतया तीन गुणा बढी हुने अनुमानका आधारमा हेर्दा १५,००० देखि १८,००० रुसी सेना घाइते भएको हुनसक्नेअनुमान गरिएको छ।

नाम खुलाउन नचाहेका एक अमेरिकी अधिकारीले उक्त अनुमानलाई ‘‘निकै ठूलो क्षति’’ भनेका छन् र उनले मृत्यु दरलाई दोस्रो विश्व युद्धका केही लडाइसँग तुलना गरेका छन्।

युक्रेनले भने १२,००० रुसी सेनाको मृत्यु भएको दाबी गरेको छ। तर गत हप्ता रुसले भने आफ्ना ५०० भन्दा कम सेना मारिएको जनाएको थियो।

चालीस हजार महिला र बालबालिकाको उद्धार

एक युक्रेनी वार्ताकारले बुधवार रुसले आक्रमण गरेको क्षेत्रबाट ४० हजारभन्दा बढी महिला र बालबालिकालाई सुरक्षित स्थलमा लगिएको बताएका छन्।

राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको पार्टीका एक सांसद डेभिड अर्खामियाले यो सङ्ख्या युक्रेनी अधिकारीहरूले आशा गरेको एक लाखभन्दा धेरै कम भएको बताए।

उनले नागरिकहरूलाई सुरक्षित स्थानमा पुर्‍याउन सबैभन्दा कठिन स्थलहरू किएभ, खार्किभ र मारिओपोल वरपरका द्वन्द्वग्रस्त क्षेत्रहरू भएको बताए। तर सुरक्षित स्थलमा मानिसहरूलाई लाने प्रयास जारी रहने उनको भनाइ छ।

युक्रेनी अधिकारीहरूले रुसी सेनाले नागरिकहरूलाई बाहिर निकाल्न अनुमति दिन गरिएकोयुद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन्। रुसले पनि युक्रेनी सेनामाथि त्यस्तै गरेको आरोप लगाएको छ।

पछिल्लो अवस्थाबारे युक्रेनी शहर इर्पिनकी एक महिलाले भनिन्-“मेरा बुवा अझै इर्पिनमा हुनुहुन्छ। सहरका सडकहरूमा शवहरू छरिएका छन्। तिनलाई कसैले उठाउन सकेका छैनन्। शवहरूलाई कुकुरले खाइरहेका छन्।” बीबीसी नेपाली

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077