Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चुनाव रङ्गले जितिने होइन, रोई-कराई गरेर जनतामा भ्रम नछरौं: प्रदीप पौडेल

काठमाडौँ । सत्तारुढ नेपाली कांगेसका युवा नेता प्रदीप पौडेलले चुनावी परिणाम रङका आधारमा तय नहुने दाबी गरेका छन्। बुधबार प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीले चुनावी मतपत्रको रङ हरियो राख्ने निर्वाचन आयोगको निर्णयमा आपत्ति जनाएका थिए । ओलीले कांग्रेसको चुनाव चिन्ह रुखलाई हरियो देखाउन आयोगले उक्त रङ तय गरेको भन्दै आफूहरुलाई स्वीकार्य नहुने बताएका थिए। ओलीकै भनाइलाई काउन्टर दिँदै नेता पौडेलले चुनाव रङ्ले नभई आफूले गरेको कर्मको आधारमा जित्ने बताएका हुन् । सामाजिक सञ्जालमा पौडेलले लेखेका छन्, 'चुनाव रङ्ले जितिने होईन आफूले गरेको कर्मको आधारमा जनताले मत दिएर जित्ने हो । बहुमतको सरकारले विगतमा जनताका लागि के कति कर्म गर्यो ? फर्केर हेर्नुहोस।' यस्तै पौडेलले एमाले अध्यक्ष ओलीलाई रोई कराई गरेर जनतामा भ्रम छर्नुको कुनै अर्थ नभएको बताए। 'हिजो गरेको कर्मको आधरमा आज र आजको आधारमा भोलिको निर्माण हुन्छ,' पौडेलले लेखेका छन्, 'रोई कराई गरेर जनतामा भ्रम छर्नुको कुनै अर्थ छैन।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077