Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी हेडक्वाटरले भन्यो- म्यादी प्रहरी भर्नाको सूचना प्रकाशित गरिएको छैन

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना सम्बन्धि कुनैपनि सूचना प्रकाशित नगरिएको जनाएको छ ।

'स्थानीय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको भनि सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो कुनैपनि सूचना प्रकाशित/प्रसारित नगरिएको' हेडक्वाटरद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै, आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना नेपाल प्रहरीको वेवसाइट र सार्वजनिक संचारमाध्यममा भविष्यमा प्रकाशित गरिने समेत विज्ञप्तिमा भनिएको छ।

यस्तो छ विज्ञप्ति:

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077