Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • श्रीलंका पुलिसमाथि नेपालको शानदार जित, ४ जना खेलाडीले बनाए अर्धशतक

    श्रीलंका पुलिसमाथि नेपालको शानदार जित, ४ जना खेलाडीले बनाए अर्धशतक

    अनलाइन नेपाल
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । श्रीलंका पुलिसको मैदानमा भएको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले शानदार जित हासिल गरेको छ । बिहीवार कोलम्बोमा भएको खेलमा नेपालले श्रीलङ्का पुलिसलाई एक सय ४४ रनले पराजित गरेको हो ।

    नेपालले दिएको तीन सय ३२ रनको लक्ष्य पछ्याएको श्रीलङ्का पुलिस ३६ ओभर पाँच बलमा एक सय ८७ रन बनाउँदा अलआउट भएको हो । बलिङतर्फ नेपालका करण केसीले चार तथा सागर ढकाल र सन्दीप लामिछानले दुई–दुई विकेट लिए । यस्तै कमलसिंह ऐरीले एक विकेट लिएका हुन् ।



    यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सात विकेट गुमाएर तीन सय ३१ रन बनाएको थियो । नेपालका चार जना खेलाडीले अर्धशतक बनाए । कुशल भुर्तेलले ५७, आशिफ शेखले ५२, रोहितकुमार पौडेलले ७२ र करण केसीले नटआउट ५३ रन बनाए ।



    कमलसिंह ऐरी ४५ रनमा नटआउट रहे भने आरिफ शेखले ३५, विनोद भण्डारी र पवन सर्राफले तीन–तीन तथा भीम सार्कीले दुई रन बनाए थिए । नेपालले यसअघि भएका दुई वटै खेलमा श्रीलङ्का नेभीलाई हराएको थियो । अन्तिम अभ्यास खेलमा भोलि शुक्रवार नेपालले श्रीलङ्का संयुक्त ११ सँग खेल्नेछ ।

    विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत यूएईमा हुने एकदिवसीय शृङ्खलाको तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा अभ्यास खेल खेलिरहेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार