Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एनआरएनए हङकङले गर्‍यो नेपाली राष्ट्रिय क्रिकेट टिमलाई पाँच लाख सहयोग

    एनआरएनए हङकङले गर्‍यो नेपाली राष्ट्रिय क्रिकेट टिमलाई पाँच लाख सहयोग

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 357
    SHARES

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

    हङकङमा त्रिकोणात्मक टी–२० सिरिज खेल्न गएको बेला एनआरएनए हङकङले सम्मानसहित नगद पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।



    एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकालले नेपाली टिमलाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गरिएको जानकारी दिए ।



    नेपाली टिमले हङकङ टी-२० सिरिजमा पपुवा न्युगिनीसँग फाइनलमा पराजित भएको थियो । आज बिहान मात्रै नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता भएको थियो ।

    काठमाडौँ आइपुगेको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार