Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • हङकङमा त्रिकोणात्मक टी–२० सिरिज खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

    हङकङमा त्रिकोणात्मक टी–२० सिरिज खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 681
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ ।

    हङकङमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट खेलेर नेपाली टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।



    काठमाडौँ आइपुगेको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका थिए ।



    हङकङ, पपुवा न्युगिनी (पीएनजी) र नेपाल सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल फाइनलमा पराजित भएको थियो ।

    आइसीसी टी–२० विश्वकप खेल्ने तयारीमा रहेको नेपाली टोलीले अब काठमाडौंमा आयरल्याण्डसँग पनि टी–२० खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार