Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी दक्षिण अफ्रिका प्रस्थान

    राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी दक्षिण अफ्रिका प्रस्थान

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 711
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई दक्षिण अफ्रिका प्रस्थान गरेका छन् ।

    प्रमुख प्रशिक्षक देशाइ आज बिहान ४ बजे दक्षिण अफ्रिका प्रस्थान गरेका हुन् । मोन्टी एसिसी प्रिमियर कपमा नेपाल च्याम्पियन बनेपछि बिदामा अमेरिका गएका थिए ।



    अमेरिकाबाट दक्षिण अफ्रिकाका लागि भिजाको प्रक्रिया गर्दा उनको भिजा अस्वीकृत भएपछि उनले भारत आएर पुनः भिजाको प्रक्रिया गरेका थिए ।



    नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो १ : १५ मा सुरु हुनेछ । दक्षिण अफ्रिकामा नेपालले शनिबार नेदरल्यान्ड्ससँग दोस्रो अभ्यास खेल खेल्नेछ ।

    त्यसपछि, नेपाल आइतबार जिम्बावे प्रस्थान गर्ने तालिका रहेको छ । जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा यूएई र १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्नेछ ।

    प्रतियोगिता १८ जुन देखि ९ जुलाइसम्म हुनेछ । नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ए मा छन् । नेपालले १८ जुनमा जिम्बावेसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार