Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • क्रिकेट टिमलाई ओलीको सान्त्वना – एउटा असफलता यात्राको अन्त्य होइन, सँगै खाना खाने गरी भेटौँला

    क्रिकेट टिमलाई ओलीको सान्त्वना – एउटा असफलता यात्राको अन्त्य होइन, सँगै खाना खाने गरी भेटौँला

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 711
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी विश्वकप छनोटबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई सान्त्वना दिएका छन् ।

    आइतबार बिहान सामाजिक सञ्जालमार्फत मेहनतका बाबजुद पनि परिणाम नआएको भन्दै उनले निराश नहुन नेपाली खेलाडीहरूलाई आग्रह गरेका हुन् ।



    आईसीसी एक दिवसीय विश्वकपमा सहभागी हुन नपाए पनि नेपाली टोलीको मिहिनेत कमजोर नरहेको बताउँदै ओलीले एउटा असफलता यात्राको अन्त्य नहुने उल्लेख गरे ।



    ‘हाम्रो यात्रा जारी छ भन्दै ओलीले नेपाली क्रिकेट टोलीलाई स्वदेश फर्केपछि सँगै खाना खानेगरी भेट्ने प्रस्ताव पनि गरेका छन्। उनले खराब इन्टरनेटका बावजुद नेपाल र नेदरल्यान्ड्सबीचको खेल आफूले लाइभ हेरेको पनि जानकारी दिए । उनले लेखेका छन् ‘हिजो मैले नेपाली टिम र नेदरल्यान्ड्सबीचको खेल लाइभ हेरेँ। मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तै पनि हेरेँ। आईसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौँ। मिहिनेत जननी हो भने परिणाम शीशु। कहिलेकाहीँ मिहिनेतका बावजुद पनि परिणाम प्राप्त नहुन सक्छ। यसबाट निराश हुनु हुँदैन। परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मिहिनेत कमजोर थिएन। मिहिनेतका लागि धन्यवाद नेपाली क्रिकेट टिम। नेपाल फर्केपछि सँगसँगै खाना खानेगरी भेटौँला। एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ।’

    नेपाली राष्ट्रिय क्रिकेट टिम शनिबार नेदरल्याण्डस्‌सँग ७ विकेटले पराजित भएपछि विश्वकप छनोटबाट बाहिरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार