Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चुनावी तयारीबारे जानकारी दिन आयोगले डाक्यो राजनीतिक दलहरूलाई

    चुनावी तयारीबारे जानकारी दिन आयोगले डाक्यो राजनीतिक दलहरूलाई

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 720
    SHARES

    फाइल फोटो

    आठमाडौं । स्थानीय तह निर्वाचन तयारीबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आयोगमा बोलाएको छ । निर्वाचन घोषणा भएपछि भएका प्रगति र आगामी रणनीति छलफल गर्न संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दललाई आयोगले बोलाएको हो ।

    आज बिहान ११:३० बजे आयोगमा निर्वाचनका सन्दर्भमा राजनीतिक दलका प्रतिनिधिलाई हालसम्म भएका प्रगतिबारे जानकारी गराउने कार्यक्रम छ।



    साथै मतपत्रलगायत विभिन्न विषयमा आयोगले रायसुझाव लिने तयारी गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार १७ राजनीतिक दलका प्रतिनिधिलाई छलफलका लागि बोलाइएको छ ।



    आयोगसँग दलका अपेक्षालगायत विषयमा पनि आज छलफल हुनेछ । आयोगले प्रत्येक राजनीतिक दलबाट दुई जनाका दरले प्रतिनिधि पठाउन भनेको छ।

    आयोगमा स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन्। सरकारले देशका ७ सय ५३ वटै स्थानीय तहमा एकैदिन एकैपटक स्थानीय तहको निर्वाचन गर्नेगरी ३० वैशाख २०७९ का लागि निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार