Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको न्यून प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिक बदली रहेको छ ।

भने देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ । शुक्रबार दिउँसो देशको पहाडी भेगमा आंशिक बदली रही अन्य भेगमा मौसम सामान्यता सफा रहनेछ ।

पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शुक्रबार राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077