Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : नर्विच सिटीमाथि चेल्सीको सहज जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत चेल्सीले नर्विच सिटीलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा चेल्सीले नर्विच सिटीलाई ३–१ गोल अन्तरले हराएको हो ।

चेल्सीको जितमा ट्रिभोअ चलोवाह, मासन माउन्ट र काई हाभर्टजले गोल गरे । घरेलु टोलीका टिमु पुकीले एक गोल फर्काए ।

यो जितसँगै २७ खेलमा ५६ अंक जोडेको चेल्सी तेस्रो स्थानमा यथावत् छ । पराजित नर्विच १७ अंक जोडेर लिग तालिकाको अन्तिममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077