Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अवैध भारतीय रुपैयाँसहित भारत उड्न लागेका दुई थाइ महिला विमानस्थलबाट पक्राउ

काठमाडौं । प्रहरीले अवैध रकमसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना विदेशी महिलाहरुलाई पक्राउ गरेका छ।

पक्राउ पर्नेहरुमा थाइल्याण्डी नागरिकद्वय ३२ वर्षीया वानविसा जन्तासान र ४१ वर्षीया वारापोर्न खुन्सोमबात रहेका छन्।

विमानस्थल प्रहरी स्रोतका अनुसार बिहीबार भिष्टारा एयरलाइन्सको विमानमार्फत काठमाडौंबाट भारत जान लागेका उनीहरुलाई करिब ३ लाख भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो।

उनीहरुको साथबाट २ लाख ९४ हजार ५ सय भारतीय रुपैयाँ बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ। बरामद रकममध्ये २ हजार दरका ४ थान र ५ सय दरका ५ सय ७३ थान रहेका छन्।

उनीहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077