Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अहिलेको महंगी हाम्रो नियन्त्रणमा छैन: मन्त्री झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले अहिले बढिरहेको महंगी आफूहरुको नियन्त्रण बाहिर रहेको बताएकी छन्।

नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले विश्व बजारमा आएको अर्थतन्त्र मन्दीका कारण महंगी नियन्त्रण नेपालको हातमा मात्र नरहेको बताएकी हुन् । ]]

मन्त्री झाँक्रीले जारी रसिया–युक्रेनको युद्धको उदाहरण दिंदै खाडी मुलुकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुले नै विश्व बजारमा अर्थतन्त्रको मन्दी लागेको बताइन्।

साथै, भारतीय मुद्राको अवमुल्यन हुनु र त्यसको प्रभावमा नेपालले डलरको मूल्य अत्यधिक तिर्नु पर्ने चापको कारणले महंगी बढेको झाँक्रीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077