Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फेसबुक, युट्युव र टिकटक ज्ञान दिने खालको हुनुपर्छ, अरुको समय बर्बाद बनाउनु हुँदैन : ओली

    फेसबुक, युट्युव र टिकटक ज्ञान दिने खालको हुनुपर्छ, अरुको समय बर्बाद बनाउनु हुँदैन : ओली

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 1K
    SHARES

    पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल प्रयोग गर्दा अरुको समय बर्बाद बनाउन नहुने बताएका छन् ।

    पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै  पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउन नहुने बताएका हुन् । बरु सूचना दिने खालको हुनुपर्ने उनको भनाइ छ ।



    ‘हामी ट्विटर, फेसबुक, युट्युव, टिकटकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउनु हुँदैन,’ ओलीले भने, ‘बरु सूचना, ज्ञान दिने खालको हुनुपर्छ ।’



    यस्तै, ओलीले संविधासभाबाट जारी भएको संविधानले प्रेस स्वतन्त्रालाई पूर्ण रूपमा स्वीकारेको समेत बताए । ‘प्रेस स्वतन्त्रता होइन, अहिले सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै अनियन्त्रित स्वतन्त्रताको अवस्थामा पुगेका छौँ,’ ओलीले भने, ‘पीत पत्रकारिता अहिलेको आवश्यकता होइन ।’

    अधिकारसँगै आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिएका ओलीले देशलाई अगाडि बढाउन, न्याय र सत्यका लागि प्रेस प्रतिबद्ध रहनुपर्ने बताए । यसैगरी ओलीले सम्बोधनको क्रममा राम नेपालमै जन्मिएकाे दाबी समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार