Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सर्वोच्चमा गोरु ब्याएर पाँचवटा बाच्छा जन्मिए : केपी ओली

    सर्वोच्चमा गोरु ब्याएर पाँचवटा बाच्छा जन्मिए : केपी ओली

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई लक्षित कटाक्ष गर्दै सर्वोच्च अदालतमा गोरु ब्याएर पाँच वटा बाच्छाहरु जन्मिएको टिप्पणी गरेका छन्।

    शुक्रबार नेपाल प्रेस चौतारीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले पूराना राजनीतिज्ञ स्वर्गी राजेश्वर देवकोटाको भनाई स्मरण गर्दै सर्वोच्च अदालतको परमादेशबाट गोरुले अहिलेको सत्ता गठबन्धन नामक पाँचवटा बाँच्छा पाएको टिप्पणी गरेका हुन् ।



    यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दशा लागेकाले दुई तिहाईको सरकार ढालेको आरोप लगाए  ।



    प्रचण्ड र नेपालको बुद्दि बिग्रिएको कटाक्ष गर्दै ओलीले भने,’ सरकार ढालेर गएर हेर्नुस्, त ढोका बाहिर पर्खिएर बसेका हुन्छन् भित्रबाट प्रसाद आउँछ कि भनेर ।’ ओलीले अघि भने, ‘कताका जंगेहरू कताका बंगे भए । बुद्धि बिग्रिएपछि त्यो हुन्छ, तपाईंहरूले त्यो गर्नु हुँदैन ।’

    यसैगरी ओलीले उपस्थित पत्रकारहरुलाई [प्रश्न समेत गरेका थिए । तपाई परमादेशको समर्थन गर्ने कि जनादेशको ? ओलीको प्रश्न थियो । सबैले सबैलाई खुसी पार्न नसक्ने भन्दै ओलीले परमादेशका नाममा जनादेशको धज्जी उडाइएको आरोप समेत लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार