Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भारतीय व्यक्तिको हत्या आरोपमा दुई पक्राउ

    भारतीय व्यक्तिको हत्या आरोपमा दुई पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    धनगढी । प्रहरीले कैलालीको धनगढीमा भारतीय एक व्यक्तिको हत्या गरी फालिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा पक्राउ गरिएका बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भूपेन्द्र बुढालाई सार्वजनिक गरेको हो ।



    कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार बुढाद्वयले मिलेर भारतीय नागरिक कुलदीप गुप्ताको हत्या गरेका अनुसन्धानबाट खुलेको बताए।



    सोमबार धनगढी उपमहानगरपालिका–५ शिवनगर र जाई जोड्ने सडक छेउको नालीमा भारतको उत्तरप्रदेशस्थित शाहजापुराका अन्दाजी ४२ वर्षीय गुप्ताको शव फेला परेको थियो । गुप्ता धनगढी शिवपुरी धाम नजिक डेरा गरेर बस्दै आएका थिए ।

    उनीहरूमाथि  ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार