Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • देश र नागरिकभन्दा मेरा लागि ठूलो कोही छैन: मन्त्री आले

    देश र नागरिकभन्दा मेरा लागि ठूलो कोही छैन: मन्त्री आले

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफु पदमा रहँदासम्म नेपाली जनताकै काम गरेर बस्ने बताएका छन् । उनले आफूले गरेका कामबाट नेपाली नागरिकको शिर निहुरिन नदिने पनि स्पष्ट गरे ।

    नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको आज काठमाडौँमा आयोजित छैठौँ राष्ट्रिय सम्मेलनमा मन्त्री आलेले भने, ‘म जति समय पदमा रहन्छु, त्यति नै समय देश र नागरिकका हितका लागि नै काम गर्छु । देश र नागरिकभन्दा मेरा लागि ठूलो कुरा अरु केही छैन ।’



    मन्त्री आलेले दलित, जनजाती समुदायहरु विगतदेखि राज्यको उत्पीडनमा परेकाले यो समुदायको उत्थानका लागि आफू सधैँ कटिबद्ध रहेको बताए । ‘दलित समुदायले बनाएका औजारहरु प्रयोग गर्न मिल्ने तर उनीहरुसँग पानी नचल्ने जस्तो विभेद्को अन्त गर्नुपर्छ’ आलेले भने । समाजमा पिछडिएर रहेका दलित, जनजाति समुदायहरुका पक्षमा आफूले बिगतदेखि नै वकालत गर्दै आएको उनको भनाई थियो ।



    दलित समुदायको बृत्ति विकास, हकहितका लागि आवश्यक बजेट व्यवस्थापनदेखि अन्य कुराहरुको सहयोगका लागि मन्त्रालय सधँै सकारात्मक रही काम गर्ने उनले बताए ।

    गरिबी, अशिक्षा तथा विकासको मूलधारबाट बाहिर परेकाले पश्चिमका दलित समुदायको अवस्था झन् दयनीय रहेको मन्त्री आलेको भनाइ थियो । उक्त कार्यक्रममा नेपाली साहित्यका माध्यमबाट जातीय विभेद तथा असमानताका बिरुद्ध काम गर्ने तीन जनालाई सम्मान प्रदान गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार